२०८३ जेष्ठ १६ गते, शनिबार १५:५७

भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ

काठमाडौं-

भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ परेकी छन्। उनलाई २ दिन अघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले दुबईबाट १२ करोड रुपैयाँभन्दा बढी मूल्यको १४ दशलमव ८ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको हो।

डीआरआईका अधिकारीहरूले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। उनले शरीरमा बेल्ट बाँधेर राखिएको बेल्टमा लुकाइएको सुन फेला पारेका थिए। उनलाई हिजो विशेष अदालतमा पेश गरिएको र अदालतले अनुसन्धानका लागि १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कन्नड र तमिल चलचित्रहरू मानिक्य , पटाकी र बाघामा अभिनय गरेकी रान्या बेंगलुरु विमानस्थलबाट सञ्चालित ठूलो तस्करी सिन्डिकेटको हिस्सा भएको आशंका गरिएको छ। गिरफ्तारी पछि, डीआरआई अधिकारीहरूले उनको निवासमा खानतलासी गरेका थिए।रान्या बारम्बार अन्तर्राष्ट्रिय यात्राका कारण निगरानीमा थिइन्, हालैका महिनाहरूमा दुबईमा उनको कुनै व्यावसाय नभए पनि एक महिनामा दश भन्दा बढी पटक यात्रा गरेको अधिकारीहरुले जनाएका छन्।

खाडीमा उनको धेरै छोटो अवधिको भ्रमण देखेर अघिकारीहरुले शंका गरेको थियो। उनलाई सघाउने प्रहरीका एक हवल्दारलाई डीआरआईका अधिकारीहरूले सोधपुछको लागि हिरासतमा लिएका थिए।

पक्राउ परेपछि रान्याले आफूलाई ब्ल्याकमेल गरिएको र सुन तस्करी गर्न बाध्य पारिएको दाबी गरेकी छन्। उनले चार महिनाअघिमात्र एक डिजाइनरसँग विवाह गरेकीथिइन्। एजेन्सी

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस