२०८३ जेष्ठ १६ गते, शनिबार १८:२६

पाकिस्तानमा आतंकवादी हमलामा १८ जनाको मृत्यु, ३२ जना घाइते

काठमाडौँ-
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ जना आतंककारी मारिएका छन् । अन्य ३२ जना घाइते भएका छन् । प्रान्तको बन्नु जिल्लामा सुरक्षा बलको समयमै प्रतिक्रियाका कारण आत्मघाती बमवर्षकहरू सहित आतंककारीहरूको समूहले क्यान्टोनमेन्ट क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो तर असफल भएको केपी सरकारका प्रवक्ता मोहम्मद अली सैफले बताउनु भयो । कि शक्तिशाली विस्फोट पछि नजिकैका भवनहरू र एउटा मस्जिदको छाना भत्किएको छ छ । जसमा १२ जना सर्वसाधारणको मृत्यु भयो भने ३२ जना घाइते भएका छन् ।

घटनापछि प्रहरी, सुरक्षा बल र उद्धार टोलीको ठूलो टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पतालमा पु¥याएको छ । धेरैको अवस्था गम्भीर रहेको छ । अस्पताल स्रोतका अनुसार जिल्लाका सबै अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।सामाजिक सञ्जालमा एक सन्देशमा तहरीक–ए–तालिबान पाकिस्तानको हाफिज गुलबहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले आतंकवादी हमलाको कडा निन्दा गर्दै रमजानको पवित्र महिनामा यसलाई एक जघन्य कार्यको रूपमा वर्णन गर्नुभएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस