२०८३ जेष्ठ १६ गते, शनिबार १८:२१

ग्रीनल्याण्ड र पानामा नहर लिने ट्रम्पको घोषणा

काठमाडौँ-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो प्रतिद्धता दोहो¥याउनुभएको छ । ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा यस्तो टिप्पणी गर्नुभएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षालाई अझ बढाउन आफ्नो प्रशासनले पानामा नहर लिन लागेको बताउनु भयो । दिवंगत अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई १९७० को दशकमा पानामासँग सन्धिमा हस्ताक्षर गरेकोमा दोष लगाउनु भयो । कार्टरले देशलाई महत्वपूर्ण जलमार्ग चलाउने अधिकार हस्तान्तरण गर्नुभएको थियो । आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरू भविष्य निर्धारण गर्नेकुरालाई समर्थन गर्ने बताउनु भयो ।
लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड, १९५३ सम्म डेनिस उपनिवेश थियो । १९७९ मा ग्रिनल्याण्डले गृह शासन प्राप्त ग¥यो । जसले गर्दा ठूलो स्वशासन प्राप्त भएको थियो । डेनमार्कले आफ्नो विदेश र रक्षा नीतिमा अधिकार भने कायम राखेको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस