२०८२ भाद्र १ गते, आईतवार २२:१८

काठमाडौँ- 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद ढकाललले यस्तो आरोप लगाउनुभएको हो ।  उहाँले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताउनु भयो । उहाँले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले सरकार विद्युतीय चुलो ल्याउने नीति बनाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन तयार भएर बसेको समेत आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस