२०८२ भाद्र १ गते, आईतवार २२:३४

वीरगन्ज-

वीरगन्जमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
भोजपुरी प्रतिष्ठान वीरगंजको सहकार्यमा वीरगंज कलाकार समाजले तीन दिने कलर अफ वीरगंज भनेर चित्रकला प्रदर्शनी कार्यक्रम सुरु गरेको हो ।

वीरगन्जको आदर्शनगरमा रहेको रानीसति अथिती सदनको सभाहलमा आयोजित चित्रकला प्रर्दशनीमा १८ वटा विधालयबाट करीब १ सय ८७ वटा चित्रकला प्रदर्शनीका लागि राखिएको समाजका अध्यक्ष मुकेश महतो नुनियाले जनाएका छन् ।

वीरगन्जका १८ वटा विधालयका बालबालिकाहरुले आफ्नो प्रतिभालाई चित्रद्वारा प्रस्तुत गरेका छन् । पर्साका कलाकारहरु , कलाप्रेमीहरुको मनोभावनालाई बुझ्दै आफ्नो गाउँठाउ र हालको परिवेशबारे बुझ्दै कला र संस्कृतीको जगेर्ना र विकासको उद्देश्यले यो प्रदर्शनी कार्यक्रम राखिएको समाजका अध्यक्ष मुकेश महतो नुनियाले जनाएका छन् ।

चित्रकला प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्णले चित्रकला प्रर्दशनीमा आफुले कोरेको चित्र ल्याएर सहयोग गरेकोमा धन्यवाद दिए ।

उनले भने, यहाँ हरेक विधार्थीहरुले आ आफ्नो प्रतिभा, समाजप्रतीको चासो , वातावरणप्रति चिन्ता लगायतका गहन विषयवस्तुहरु समेटी कोरिएका चित्र एकदमै प्रभावकारी लाग्यो । कुनै कुनै चित्र त, चित्र कोरीएको हो की फोटो काहीबाट खिचिएको हो दुविधामा पो परे । आफ्नो कल्पनालाई एक ब्रस , पेन्ट र कलरको माध्यमबाट एउटा रुप दिनु भन्दा महत्वपुर्ण र अमुल्य काम केही होईन ।

आफुहरुले विर्सिसकेका विभुतीहरुको चित्र समेत कोरी समाजलाई जवाफदेही बनाउन खोजिएकोमा आयोजकलाई समेत कर्णले धन्यवाद दिएका थिए । कर्णले भोजपुरी प्रतिष्ठान वीरगंजले यस्तो उत्साहजनक कार्यक्रममा सहकार्य गरेकोमा खुशी पनि व्यक्त गरे ।

आयोजित तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रमको पहिलो दिन आज बिहीबार बालबालिकाहरुले बनाएका चित्रकला अवलोकन कार्यक्रम राखिएको छ भने शुक्रबार दोश्रो दिन चित्रकला प्रर्दशनीमा सहभागि १८ विधालयका विधार्थीहरुको चित्रकला अवलोकन गर्न आउने कार्यक्रम तय गरीएको समाजका रितेश महतोले बताए ।

त्यसैगरी तेश्रो तथा अन्तिम दिन शनिबार चित्रकलामा प्रत्यक्ष सहभागि भएका बालबालिकाहरुको अभिभावकका विचमा समेत चित्रकला प्रतियोगिताको आयोजना गर्ने महतोले जानकारी दिए ।

उनले विभिन्न जिम्मेवारी तथा व्यस्तताका कारण अभिभावकहरुमा पनि विभिन्न प्रतिभा भए पनि प्रस्फुटन गर्ने वातावरणको आवश्यकता रहेकोले उक्त वातावरण यस समाजद्वारा निर्माण गरीदिने अर्थात प्रर्दशनीमा अवलोकन गर्न आफ्ना बालबालिकालाई लिएर आएको बेला अभिभावकहरुले पनि आफ्नो लागि केही समय छुट्याई केही समयको लागि भएपनि रमाईलो होस् भन्ने उद्देश्यले उक्त कार्यक्रमको पनि आयोजना गरीएको हो ।

कार्यक्रममा विभिन्न विधालयका शिक्षक शिक्षिका , विभिन्न संघसंस्थाका प्रतीनीधी ,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगंजका श्याम सरार्फ र वीरगन्ज कलाकार समाजका रितेश महतोले गरेका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस