२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

बुद्ध एयरको विमानको पांग्रा जनकपुरमै खस्यो, सबै यात्री सकुशल

जनकपुर-

जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच जहाजको अगाडिको पांग्रा (नोज ल्याण्डिङ गियर) उडानका क्रममा जनकपुर विमानस्थलमै खसेको छ। विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यो घटनाको पुष्टि भएको हो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाजका पाइलट र उडान दललाई उडानका क्रममा पांग्रा खसेको कुनै जानकारी थिएन। उडानका क्रममा कुनै असामान्य गतिविधि महसुस नभएको उनले बताए।

विमान काठमाडौंमा अवतरण गरेपछि गरिएको नियमित प्राविधिक निरीक्षणका क्रममा नोज ल्याण्डिङ गियरको पांग्रा हराएको देखिएपछि यसको खोजी थालिएको थियो। जनकपुर विमानस्थलमा सम्पर्क गर्दा जहाज उड्ने क्रममा नै पांग्रा रनवे नजिकै खसेको पुष्टि भएको छ।

प्रवक्ता भुलले बताए, “पांग्रा जनकपुर विमानस्थलको रनवेको टर्निङ प्याडमा भेटिएको छ। यस्तो किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। ल्याण्डिङ गियरको इन्डिकेसन ककपिटमा नदेखिने भएकाले पाइलटलाई उडानका क्रममा यसबारे जानकारी हुन सकेन।”

विमानमा ६२ जना यात्रु सवार थिए, जसमा सबै सकुशल रहेका छन्। हाल जहाजलाई ग्राउन्डिङ गरिएको छ भने नागरिक उड्डयन प्राधिकरणले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

यो घटनाले विमानको सुरक्षा व्यवस्था र प्राविधिक निरीक्षणमा ध्यान दिन आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस