काठमाडौं–
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउनु भयो । उहाँले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताउनु भयो । उहाँले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताउनु भयो ।
आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गर्नुभयो । पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताउनु भयो । उहाँले एउटा न्यायले सबैको विकास हुुने बताउनु भयो ।