२०८३ बैशाख २ गते, बुधबार ०८:२४

जिल्ला प्रशासन कार्यालय पर्सामा एकजनाले आत्मदाहको प्रयास गरे, प्रहरीले बचाए

पर्सा-

जिल्ला प्रशासन कार्यालय पर्सामा आज एकजनाले आत्मदाह गर्ने प्रयास गरेका छन्। घटनाको समयमा जिल्ला प्रशासन कार्यालय भित्र सुरक्षा अधिकारीहरुको बैठक बसिरहेको थियो।

घटनामा परेका व्यक्ति बाराको पचरौता नगरपालिकाका वृजकिशोर साह हुन्। उनले शरीरमा प्रज्जवलनशील पदार्थ छर्किएर आगो लगाउने प्रयास गरेका थिए। यसैबीच सशस्त्र प्रहरीले उनलाई रोक्दै बचाउन सफल भएका छन्। प्रहरीले उनलाई रोक्ने क्रममा सामान्य घाईते भएको जानकारी छ। घटनास्थलमै उपस्थित जिल्ला प्रशासन कार्यालयको गाडीमा राखेर उनलाई नारायणी अस्पताल पुर्याइएको छ। अस्पतालले उनको अवस्था सामान्य रहेको बताएको छ।

घटनाको थप विवरण दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले बताए  बैठक चलिरहेको बेला यो घटनाको जानकारी आएको थियो। उनले थप जानकारी बुझेर सूचना दिने बताए।

घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन। तथापि, वृजकिशोर साह मिटरब्याज पीडित भएको र उनले विष पनि सेवन गरेको हल्ला छ। उनी पचरौताको स्थायी बासिन्दा भएपनि वीरगन्जको रानीघाटमा बस्दै आएका थिए।

यो घटनाले जिल्ला प्रशासन कार्यालयको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस