२०८३ श्रावण २७ गते, बुधबार १९:०८

चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’

काठमान्डौँ-

फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामि चैत १ गते देखि ४ गतेसम्म ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौंको भृकुटिमण्डपमा हुने भएको छ ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले उक्त बजानकारी गराएको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आईरहेको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष रामबहादुर तामाङले बताउनु भयो ।

उहाँले २६ औँ फ्लोरा एक्स्पोमा व्यवसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल रहने जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिष्पर्धा गराइने छ ।

सोको मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने आयोजकले बताएको छ । उहाँले पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने बताउनु भयो।

पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुग्ने आयोजकको विश्वास छ । पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरु सबैका लागि मेला वृहत साझा मञ्च हुने हामीले विश्वास लिएको बताउनु भयो ।

घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सीप हाँसिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकको छ । मेला अवधिभर ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा एक करोडसम्मको व्यवसायिक कारोबार हुने आयोजकको विश्वास छ ।

मेला आयोजनाकै अवसरमा चैत ३ गते रक्तदान कार्यक्रम समेत आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस