२०८२ पुष २७ गते, आईतवार १४:२६

वागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ शुरु

काठमान्डौँ-

वागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ शुरु भएको छ ।

सोमवारबाट शुरु भएको प्रदर्शनी चैत्र १ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,नक्शालमा शुरु सञ्चालन हुनेछ । प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सात प्रदेशमै कलाको प्रदर्शनीपछि राष्ट्रिय कला प्रदर्शनी गर्ने योजनाअनुसार अहिले वागमती प्रदेशस्तरीय कला प्रदर्शनी गरेको बताउनु भयो ।

उहाँले प्रदेशमै गएर कला प्रदर्शनी गर्नसक्दा झनै राम्रो हुने बताउनु भयो । पालिकास्तरमै गएर कला प्रदर्शनी गर्दा झनै राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशस्तरमा पुगेर कला प्रदर्शनी गर्दा रैथाने मौलिक कला, शिल्पज्ञान केही न केही स्तरले माथि उठेको दाबी गर्नुभयो । उहाँले स्थानीय कलाकारलाई आफ्नै आँगनमा कला प्रदर्शनी हुँदा जागरण पैदा भएको जिकिर गर्नुभयो ।

वागमती प्रादेशिक ललितकला प्रदर्शनीमा स्वतःस्फुर्त रुपमा आएका २०९ जना कलाकारका २४१ वटा कलाकृति समावेश छन् ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस