२०८२ असार १७ गते, मंगलवार १६:४२

काठमान्डौँ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेको बताउनु भयो । उहाँले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरु बन्द भएको बताउनु भयो ।

छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने उहाँको भनाइ छ ।मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताउनु भयो । उहाँले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताउनु भयो ।

उहाँले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दाबी गर्नुभयो । मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस