२०८३ बैशाख २ गते, बुधबार ०७:०८

स्ववियु निर्वाचन: ६२ मध्ये ५० क्याम्पसमा उम्मेदवारी दर्ता, १० मा अवरोध

काठमान्डौँ-

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ६२ आंगिक क्याम्पसमध्ये ५० क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी १० क्याम्पसमा भने विभिन्न कारणले मनोनयन हुन सकेन।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीका अनुसार काठमाडौँका ५, मधेसका २, लुम्बिनीका २ र कोशीको १ गरी १० क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको हो।

धनकुटा बहुमुखी र दाङ बहुमुखी क्याम्पसमा भने निर्विरोध निर्वाचन भएको छ। बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पसमा प्रक्रिया अवरुद्ध भएको छ। यस्तै, जनकपुर र सिरहाका एक-एक क्याम्पसमा समस्या देखिएको छ। स्नातकोत्तर क्याम्पस विराटनगरमा केही संगठनले तालाबन्दी गरेका छन्। काठमाडौँ उपत्यकाका पद्मकन्या क्याम्पसमा तनावका कारण नामावली प्रकाशनको काम मात्रै भएको छ। नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा पनि अवरोध भएको अधिकारीले जानकारी दिए।

त्रिविका आंगिक ६२ सहित देशभरका १ हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन हुने तय भएको थियो। त्यसका लागि मंगलबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। तर, ढिलासम्म गरेर त्रिविका ५० क्याम्पसमा मात्र उम्मेदवारी दर्ता भएको अधिकारीले बताए। स्ववियु चुनावका लागि देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा विभिन्न २२ संगठन दर्ता भएका छन्।

चैत ५ गते देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक प्रणालीका आधारमा स्ववियु निर्वाचन हुँदैछ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस