२०८३ आश्विन १८ गते, आईतवार ०१:१०

चन्द्रागिरिमा युवकद्वारा आत्मदाह प्रयास, गम्भीर घाइते

काठमाडौँ-

काठमाडौँको चन्द्रागिरिमा एक युवकले आत्मदाह प्रयास गरेका छन्। चन्द्रागिरि नगरपालिका–७ घर भएका ३५ वर्षीय उत्तम कार्कीले गएराति १२ बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। परिवारका सदस्य र स्थानीयले उनको उद्धार गरेका छन्।

कार्कीको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहारलगायत शरीरको भाग जलेको छ। स्थानीय एक महिलाले लगातार उजुरी गरेर तनाव दिएको हुनाले आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उनले फेसबुक लाइभमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मलाई पटक(पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’

आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरेपनि एक महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्‍याएको कार्कीले बताएका छन् । उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस