२०८२ आश्विन २० गते, सोमबार १३:११

प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणमा पक्षधरता लिने गरेको राप्रपको आरोप, छानविन गर्न माग

काठमान्डौँ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँड गरेको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोग समेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाउनु भयो ।

उहाँले युएस एडको सहयोग दुरुपपायेग गर्नमा आयोथगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानविन गर्न माग गर्नुभयो ।उहाँले आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

पोडकास्ट सुन्नुहोस