२०८३ बैशाख २ गते, बुधबार ०५:४३

पर्सामा अन्तर्राष्ट्रिय कल बाइपासको आरोपमा युवक पक्राउ

पर्सा-

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले  पर्सा जिल्लाको वीरगन्ज नगरपालिका–२० बाट १९ वर्षीय धिरज पटेल नामक युवकलाई अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपास गर्ने आरोपमा पक्राउ गरेको छ। पर्सा प्रहरी प्रमुख गौतम मिश्रले यसको पुष्टि गरेका छन्।

धिरजले वीरगन्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा भाडाको कोठा लिई यो अवैध गतिविधि संचालन गरेको आरोप छ। प्रहरीले छापामारी गर्दा कल बाइपासमा प्रयोग भएको उपकरण जफत गरेको छ।

पर्सा जिल्ला अदालतले प्रहरीलाई ७ दिने म्याद दिई अनुसन्धानको अनुमति दिएको छ। कल बाइपास योजनाले दूरसञ्चार कम्पनीहरूको राजस्व हानि गराउँदै साइबर अपराधसँग जोडिएको हुन सक्छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस