२०८२ पुष २७ गते, आईतवार १४:२६

वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो : प्रमुख सचेतक शाही

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठूला बडाहरुलाई मिलेर खान चाहिएको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रत्येक वर्ष कर्मचारी, नेता र सांसद पाल्दापाल्दैमा एक वर्षमा १५ खर्ब रुपैयाँ खर्च हुने गरेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेको नभई सीमित सांसदहरूले चुनेको बताउनु भयो । उहाँले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्न चुनौति समेत दिनुभयो । उहाँले गणतन्त्र स्थापनापछि मुलुकमा १४ पटक सरकार परिवर्तन हुँदा ३१ मुख्यमन्त्री भएको उल्लेख गर्नुभयो ।

उहाँले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न समेत गर्नुभयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस