काठमान्डौँ-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी मिलिशिया विरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरु गर्न आदेश दिएको बताउनुभएको छ । समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएको आरोप ट्रम्पको छ ।
ट्रम्पले अमेरिकी जहाजहरूमा हुथीहरूको आक्रमण सहन गर्न नसकिने बताउनु भयो । आफूहरुको उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्ने बताउनु भयो ।