२०८२ आश्विन २१ गते, मंगलवार १२:१२

भावनामा बगेर दोहोरो नागकिरता दिनु हुँदैनः सञ्चारमन्त्री

काठमान्डौँ-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताउनु भयो । नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मुलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस