काठमान्डौँ-
नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पिडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
उहाँले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको बताउनु भयो । उहाँले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्याउन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनैपनि हिसावले हुन नसक्ने समेत उल्लेख गर्नुभयो ।