काठमान्डौँ-
नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत विरोध भएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभएको हो । नेपाली समाजको मूल्य,मान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा राख्ने अधिकार उहाँलाई कस्ले दियो ?
भन्दै सांसद कोईरालाले प्रश्न समेत गर्नुभयो । उहाँले त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखि अभिव्यक्ति दिएका सांसद घिमिरेले माफीमाग्नुपर्ने बताउनु भयो ।नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको पदोन्नति किन भएन ? प्रश्न गर्नुभयो ।
उहाँले मधेसी महिला भएकै कारणले मिश्राको पदोन्नति नगरिएको कारण स्वास्थ्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताउनु भयो ।उहाँले सरकार कहिले कर्मचारीलाई शून्य नम्बर दिएर त कहिले पदोन्नति रोकेर के गर्न खोजिरहेको हो भनेर समेत प्रश्न गर्नुभएको छ ।