२०८२ असार १७ गते, मंगलवार १६:५४

काठमान्डौँ-

सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनैपनि प्रयास सफल हुन नसक्ने बताएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानबिरुद्ध भइरहेको सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणाम भएको उल्लेख गर्दै जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनैपनि प्रयास सफल हुन नसक्ने जिकिर गर्नुभयो । २१ औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद, हानिकारक र निरर्थक भएको बताउनु भयो  ।

एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह र आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न प्रतिवद्ध रहेको बताएको छ । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरी लोकतान्त्रिक प्रणाली थप सुदृढ बनाउन दृढ संकल्पित रहेको बताएको छ ।

बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरुको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताउनु भयो । उहाँले अहिलेको समयमा पनि विपक्षी दलहरुले सरकारमा भागबण्डा खोज्नु र सरकारमा जाने भ¥याङ बनाउनुले गम्भीर नैतिक प्रश्न उठेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस