२०८३ बैशाख २ गते, बुधबार ०५:४२

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

काठमाडौं-

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताउनु भयो । राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उहाँको भनाइ छ ।

उहाँले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताउनु भयो । उहाँले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गर्नुभयो ।

उहाँले जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गर्नुभयो ।सांसद निधीले संविधान संशोधन गरी प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तत्काल संघीय कानून निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस