२०८२ असार १७ गते, मंगलवार १६:४३

काठमाडौं-

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो रु भन्दै प्रश्न समेत गर्नुभयो । यस हत्यका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भएपनि सरकारले छानविन नगरेको उहाँको आरोप छ ।

रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो । त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए तर सरकारले अहिलेसम्म दोषि पत्ता लागेको छैन । अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस