२०८३ बैशाख २ गते, बुधबार ०५:४४

वीरगन्ज पब्लिक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, १०१ जनाले गरे रक्तदान

वीरगन्ज-

वीरगन्ज , चैत १६ गते । वीरगन्ज पब्लिक कलेज र राउन्ड टेबल नेपालको संयुक्त आयोजनामा वीरगञ्ज पब्लिक कलेजको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, पर्सा रक्तसञ्चार सेवा केन्द्रसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा कुल १०१ जनाले रक्तदान गरेका छन् ।

जसमा २७ जना महिला र ७४ जना पुरुष रहेका छन्।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका अध्यक्ष बृजकिशोर पटेल, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, राउन्ड टेबल नेपालका विकास अग्रवाल, दिपल खन्कना, वीरगन्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा.अरविन्द श्रेष्ठ, कोअर्डिनेटर डा. बासु कर्ण, वीरगन्ज पब्लिक कलेजमा अध्ययनरत छात्र र छात्राहरूको बाक्लो उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा सहभागीहरूले रक्तदान जीवनदान भएको र यसले अरूको जीवन बचाउन मद्दत पुग्ने बताएका थिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस