२०८२ असार १७ गते, मंगलवार १०:४९

वीरगन्ज-

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणना शिलबन्दीको नम्बर नमिलेपछि विवादित बनेको छ । मतपेटिकामा लगाइएको शिलबन्दीको नम्बर नमिलेपछि उत्पन्न विवादका कारण मतगणना अवरुद्ध भएको छ ।

मतगणना स्थलमा तनाव उत्पन्न भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । हाल पत्रकारहरूलाई समेत मतगणना स्थलमा प्रवेशमा रोक लगाइएको छ । मत गणना कहिले सुचारु हुने भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

विवादको कारणले क्याम्पस परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। मतगणना सुचारु गराउन सम्बन्धित पक्षहरू छलफलमा जुटेका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस