२०८३ आश्विन १७ गते, शनिबार २२:०८

नेशनल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस मनाइयो, १२५ जनाको निःशुल्क जाँच

वीरगन्ज –

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजले सचेतना कार्यक्रम आयोजना गरेको छ । “खुशी मुख खुशी मन” भन्ने नाराका साथ मनाइएको यस दिवसको अवसरमा कलेजले निःशुल्क स्वास्थ्य जाँच र उपचारमा छुटको व्यवस्था गरेको थियो ।

कार्यक्रममा १२५ जनाले निःशुल्क मुख स्वास्थ्य जाँच गराएका थिए भने उपचारमा १० प्रतिशत छुट दिइएको थियो ।

डेन्टल कलेजका प्रो.डा. सरोज प्रसाद देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी प्रमुख अतिथि थिए । कार्यक्रममा डा. रवि शंकर गुप्ता, एके काशी, गंगा गुरुङ, गौसुल आजम, डेन्टलका डा. हरीश कुमार शाह, डा. सरोज नायक, डा. साना इमानी लगायतको उपस्थिति रहेको थियो ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष मार्च २० मा विश्वभर विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिवसको उद्देश्य मुख स्वास्थ्यको महत्वबारे जनचेतना जगाउनु हो।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस