२०८३ बैशाख २ गते, बुधबार ०५:४५

पोखरा महानगरका अधिकृत गिरी २५ हजार घुससहित पक्राउ

गोरखापत्र अनलाइन/पोखरा- 

कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फस्यौटको जिम्मा सम्हाल्नुभएका गिरीलाई नगद २५ हजारसहित पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले जानकारी दिएका छन् ।

“तपाईंविरुद्ध अख्तियारमा उजुरी पारेको छ, मिलाइदिन्छु भनी कृत्रिम उजुरी खडा गरी रकम लिएको देखिएको छ,” पाण्डेले भने, “एक लाख माग गरेको भन्ने छ। उहाँको साथमा २५ हजार भेटिएको छ।”

अख्तियारले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस