वीरगन्ज –
चैत ७ गते । हराएको ७ वर्षपछि एक मानसिक अवस्था कमजोर भएकी महिलाको परिवारसँग पुनर्मिलन भएको छ । मानवसेवा आश्रमको फेसबुकमा राखिएको भिडियोको सहयोगले उनको परिवार पत्ता लागेको हो ।
२०८० असार १ गते इलाका प्रहरी कार्यालय हेलम्बुले मानसिक अवस्था कमजोर भएकी ती महिलालाई उद्धार गरी मानवसेवा आश्रममा पठाएको थियो। उनी केही वर्षदेखि आश्रममै बस्दै आएकी थिइन् ।

दुई दिनअघि मानवसेवा आश्रमले उनको भिडियो फेसबुकमा राखेको थियो। धेरै जनाले भिडियो शेयर गरेपछि उनको घर भारतको मध्यप्रदेश पन्वासा खचरोडमा रहेको पत्ता लागेको हो ।
आज उनको छोरा लखन सिंह आएर आमालाई लिएर गएका छन् । मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवश गुप्ताले यो पुनर्मिलन मानवसेवा आश्रमको प्रयासले सफल भएको बताए ।