२०८२ आश्विन २० गते, सोमबार १५:३०

सवारी दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु, २५ घाइते

काठमाडौं –

नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् । सिमेन्टका बोराले भरिएको ट्रकसहित अठार सवारी साधनहरू एक आपसमा ठोक्किएका थिए ।

ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको कारणले घटना भएको ओगुङबेमिडेले बताएका छन् । नाइजेरियामा घातक सडक दुर्घटनाहरू बारम्बार भइरहन्छन् । जसको दोष प्रायः ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङलाई दिइन्छ ।

पोडकास्ट सुन्नुहोस