२०८३ बैशाख २ गते, बुधबार ०५:४४

नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता

काठमाडौं –

नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस  एशोसिएसनबीच सम्झौता भएको छ ।

शुक्रवार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान) को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गर्नुभयो भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गर्नुभयो ।

चीन–नेपालबीच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुईदेशबीच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताउनु भयो ।

चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबीच सहकार्य स्थापना गर्नबाटो खुलेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार क्षेत्र र सीपयुक्त जनशक्ति सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छौँ । हामीले सहकार्य स्थापना गर्न सफल भएका छौँ ।’

सम्झौताले दुवै देशका व्यवसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उहाँको भनाई छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस