२०८३ बैशाख २ गते, बुधबार ०६:१०

हवाई आक्रमणमा हमास सुरक्षा प्रमुखको मृत्यु भएको इजरायलको दाबी

काठमाडौं –

इजरायली सुरक्षा अधिकारीहरूले गाजामा इजरायली हवाई आक्रमणमा हमासको सामान्य सुरक्षा बलका प्रमुख रशिद जहजुह मारिएको दाबी गरेको छ । दुई महिनाको युद्धविराम समाप्त भएपछि मंगलवार पुनः शुरु भएको इजरायली आक्रमणमा मारिएका जहजुह हमासका पछिल्लो अधिकारी हुन् ।

गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार हवाई आक्रमण शुरु भएदेखि २ सय बालबालिकासहित कम्तिमा ५ सय ६ प्यालेस्टिनीहरू मारिएका छन् । सोही आक्रमणमा हमासको सामान्य सुरक्षा बल भित्र खान युनिस क्षेत्रका प्रमुखको रूपमा चिनिने आयमान अत्सलिहको पनि मृत्यु भएको छ ।

एउटा छुट्टै आक्रमणमा, इजरायली सेनाले इस्लामिक जिहादको हतियार तस्करी एकाइका एक वरिष्ठ लडाकु इस्माइल अब्द अल–आललाई मारेको जिम्मेवारी लिएको छ । अब्द अल–आलले हालैका वर्षहरूमा समूहको अधिकांश हतियार तस्करी कार्यहरूको नेतृत्व गरेको आरोप छ ।

हवाई आक्रमण पुनः शुरु भएदेखि इजरायलले हमासको राजनीतिक ब्युरोका सदस्य र गाजामा सरकारी अनुगमन समितिका प्रमुख इस्साम अल–दालिस सहित धेरै वरिष्ठ हमास अधिकारीहरूको हत्या गरेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस