२०८३ बैशाख २ गते, बुधबार ०६:१३

अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढ्यो

काठमाडौं –

अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले दिएको जानकारीअनुसार सेप्टेम्बर ३०, २०२४ मा समाप्त भएको १२ महिनामा अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढेको छ । सेप्टेम्बर ३० सम्म अष्ट्रेलियाको जनसंख्या २७.३ मिलियन पुगेको छ । जुन २०२३ को सोही अवधिको तुलनामा ४ लाख ८४ हजारले बढेको छ ।

जनसांख्यिकीका प्रमुख बेइदार चोले सेप्टेम्बर ३०, २०२४ सम्मको वर्षमा, ६ लाख १७ हजार ९ सय मानिसहरू विदेशबाट आएको बताउनु भयो । २ लाख ३८ हजार १ सय जना बाहिरिएका छन् । पश्चिमी अष्ट्रेलियाले गत वर्ष सबैभन्दा छिटो जनसंख्या वृद्धि अनुभव गरेको छ । २.५ प्रतिशतले बढेको छ ।

भिक्टोरियाले २.१ प्रतिशतले वृद्धि गरेको छ भने क्वीन्सल्याण्डको जनसंख्या २ प्रतिशतले बढेको छ । १२ महिनाको अवधिमा टापु राज्य तस्मानियामा सबैभन्दा कम वृद्धि देखिएको छ । जनसंख्यामा ०.३ प्रतिशतले वृद्धि भएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस