२०८२ पुष २८ गते, सोमबार ००:५०

यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु

काठमाडौं –

अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण शुरु गरेको छ ।  हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तिमा नौ जना घाइते भएका छन् । अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः शुरु गरेको थियो ।

यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने लक्ष्य रहेको दाबी गरेको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूकाअनुसार अमेरिकी हवाई आक्रमणको नयाँ चरणमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

२०१४ मा गृहयुद्ध शुरु भएपछि हुथी विद्रोही समूहले रणनीतिक हिसावले महत्वपूर्ण होदेइदाह बन्दरगाह सहित यमनको ठूलो भाग नियन्त्रण गरेको छ ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस