२०८२ भाद्र १ गते, आईतवार २१:२७

काठमाडौं- 

लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ ।

टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएको रकेटलाई रोकेको बताएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस