२०८२ श्रावण ३१ गते, शनिबार १८:१८

वीरगन्ज-

ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नजिकिँदै गर्दा नक्कली प्रमाणपत्र प्रयोग गरी विद्यार्थी भर्ना भएको गम्भीर आरोप लागेको छ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न विद्यार्थी संगठनले यस्तो आरोप लगाएकाहुन उनिहरुका अनुसार आफुहरुले  क्याम्पस प्रशासनलाई पत्र लेख्दै रोल नं २२४१/०८१ देखि २२५६ सम्मका १५ जना विद्यार्थीको प्रमाणपत्र नक्कली रहेको दाबी गरेका छन्।

विद्यार्थी नेता र क्याम्पस प्रशासनका कर्मचारीको मिलेमतोमा निर्वाचन जित्न गैरकानुनी रूपमा भर्ना गरिएको उनीहरुको आरोप छ। यसरी नक्कली प्रमाणपत्र प्रयोग गरी भर्ना हुनु क्याम्पसको शैक्षिक मर्यादा विपरीत हुनुका साथै कानुनी रूपमा पनि गलत भएको विद्यार्थी संगठनले बताएका छन्।

उनीहरूले क्याम्पस प्रशासनलाई पत्र लेख्दै उक्त विद्यार्थीहरूको प्रमाणपत्रको सत्यता छानबिन गरी दोषी विद्यार्थी, कर्मचारी तथा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

विद्यार्थी संगठनले भने  यदि यस विषयमा शीघ्र छानबिन गरी उचित कदम नचालिएमा थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूले आफ्नो मागलाई गम्भीरतापूर्वक लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइदिन क्याम्पस प्रशासनलाई अनुरोध गरेका छन्।

पत्रकार सम्मेलनमा नेता  श्याम प्र. गुप्ता, राजु गुप्ता, दिपेश कु. साह, हरिकिशोर यादव, सागिर अली, धमेन्द्र साह कानु, पवन यादव र मेघराज यादव लगायतका विद्यार्थी नेताहरूको हस्ताक्षर रहेको छ।

क्याम्पस प्रशासनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस