२०८२ श्रावण ३१ गते, शनिबार १८:१८

काठमाडौं- 

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमनदीहरु क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताउनु भयो ।

उहाँले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्युनिकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्ने बताउनु भयो । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताउनु भयो ।

उहाँले सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउनु भयो । मन्त्री खड्काले पछिल्ला वर्षहरुमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताउनु भयो । जलवायु परिवर्तनका जोखिमहरु ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलचक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । हिमनदीहरुको संरक्षण र जलवायु परिवर्तनहरुको असर न्युनिकरण सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस