२०८२ भाद्र १ गते, आईतवार २१:२६

काठमाडौं-

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था  (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा अयोजित कार्यक्रममा बोल्दै उहाँले अहिले पनि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीभको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताउनुभएको हो । उहाँले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताउनु भयो ।

उहाँले घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताउनु भयो । उद्योग क्षेत्र रजलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने बताउनु भयो । उहाँले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको बताउनु भयो ।

२८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताउनु भयो । अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरु अघि बढिरहेको बताउनु भयो ।

उहाँले यसका लागि करिव २० वटा सुझाव आफूहरुले पनि सरकारलाई दिएको बताउनु भयो । उर्जा उत्पादन बढाउनका लागि शक्तिशाली उर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्ने बताउनु भयो । वनमा छिर्नै नपाउने नीति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताउनु भयो । अब आउने विद्युत विधेयकले नै जनताले जलविद्युतमा लगानी गर्ने की नगर्ने भनेर निर्धारण गर्ने बताउनु भयो ।

अध्यक्ष कार्कीले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत नै रहेको बताउनु भयो । उहाँले उर्जाको उत्पादनलाई बढाउनसके डिजेल र पेट्रोलको आयात घटाउन सकिने बताउनु भयो । उहाँले उर्जा क्षेत्रमा अहिले ६५ लाख भन्दा बढी नेपालीले लगानी गरेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस