२०८३ आश्विन १७ गते, शनिबार २२:४५

क्षयरोगका ४० प्रतिशत बिरामीहरु लुकेर बसेको हुनसक्ने अनुमान, क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै

काठमाडौं-

क्षयरोगका ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको समेत जानकारी दिनुभयो । उहाँले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरुको खोजि गर्न केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो । क्षयरोगी बिरामीहरुमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताउनु भयो ।

तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरुमा समेत क्षयरोगको संत्रलमण बढ्दै गएको छ । क्षयरोग बिरामीहरुमा १४ वर्षमुनिका बालबालिकाहरु ८।६ प्रतिशत रहेको बताउनु भयो । क्षयरोग भए÷नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्नेक्रम समेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस