२०८२ असार १७ गते, मंगलवार १७:२१

काठमाडौं-

प्रहरी महानीरिक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभुति हुनेगरी व्यवस्थापन गरेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिरासतमा रहेका व्यक्तिहरुलाई आधारभुत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताउनु भयो ।

उहाँले थुनुवाहरुलाई भौतिक संरचनाको मापदण्ड बमोजिम हिरासतमा राखिएको दाबी गर्नुभयो । उहाँले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरुबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको बताउनु भयो । प्रहरीको कतिपय इकाइमा भौतिक संरचना नभएका कारण थुनुवा राख्न समस्या रहेको उहाँको भनाइ छ ।

महानीरिक्षक थापाले गृहमन्त्रीको अग्रसरतामा देशभर लागुऔषध नियन्त्रण सम्बन्धी महाअभियान सञ्चाल भइरहेको बताउनु भयो । देशभर सक्रिय लागुऔषध कारोबारीको ठूलो संख्या प्रहरीले पक्राउ गरेर अनुसन्धान र कारबाही भइरहेको उहाँको भनाइ छ ।

महानीरिक्षक थापाले देशभरका अधिकांश जिल्ला प्रहरी कार्यालय र हिरासत भवनको अवस्था दयनीय भएको बताउनु भयो । भौतिक निर्माणका लागि वार्षिक रुपमा सरकारले उपलब्ध गराउने बजेटले भवन निर्माण गर्ने हो भने ३० वर्ष लाग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस