काठमाडौं-
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमवार इस्तानबुलका मेयर एकरेम इमामोग्लुको नजरबन्द विरुद्धको विरोध प्रदर्शनको लागि मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीलाई दोष दिनुभएको छ । उहाँले उक्त प्रदर्शनर्ला हिंसाको आन्दोलनको रुपमा चित्रण गर्नुभएको छ ।
उक्साहटका माध्यमबाट नागरिकहरूको शान्ति भंग गर्ने काम बन्द गर्न पनि आग्रह गर्नुभयो । भ्रष्टाचार र आतंकवादी समूहलाई सहयोग गरेको आरोपमा इमामोग्लुलाई पक्राउ गरिएपछि मार्च १९ देखि दशौं हजार टर्कीहरू सडकमा उत्रिएका छन् । इमामोग्लुलाई अर्को राष्ट्रपति चुनावमा एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।
सोमवारको शुरुमा, टर्कीका गृहमन्त्री अली येर्लिकायाले विरोध प्रदर्शनका क्रममा १२३ प्रहरी अधिकारीहरू घाइते भएको बताउनु भयो । टर्कीका सुरक्षा बलहरूले १ हजार १३३ संदिग्धहरूलाई पक्राउ गरेका छन् ।
Post Views: 29