२०८३ श्रावण २१ गते, बिहीबार ०७:२०

न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँः प्रधानन्यायाधीश

काठमाडौं-

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजबिहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताउनुभएको छ ।

मंगलवार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कागजबिहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन रु भन्दै प्रश्न गर्नुभयो । उहाँले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गर्नुभयो । न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको बताउनु भयो ।

प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताउनु भयो । प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने बताउनु भयो । प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने बताउनु भयो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस