२०८३ बैशाख १ गते, मंगलवार २१:०७

 रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, थुनामा पठाउने तयारी

फाइल तस्विर

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शनिबार विमानमार्फत भैरहवा पुर्‍याइएको थियो।

शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार अर्थात् आज मात्रै अदालतमा उपस्थित गराउन लागिएको हो। रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रन्जितसिंह राठौरले दिएको जानकारीअनुसार अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि लामिछानेलाई आजै थुनामा पठाइने छ।

लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी आरोपहरू लागेका छन्। उच्च अदालतको आदेशपछि उनले आफूमाथि अन्याय भएको भन्दै स्वेच्छिक गिरफ्तारी दिएका थिए। अदालतमा उपस्थित भएपछि थुनछेक बहस हुने र त्यसको आधारमा उनको कानुनी स्थिति स्पष्ट हुने प्रहरी स्रोतले जनाएको छ।

रास्वपाका समर्थकहरूले भने यो प्रक्रियालाई राजनीतिक प्रतिशोधको रूपमा लिएका छन्। लामिछानेलाई पक्राउ गरिएको घटनाले देशभर चर्चा र विवाद उत्पन्न गरेको छ। अदालतको फैसला र यसपछिको प्रक्रियालाई धेरैले चासोका साथ हेरिरहेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस