२०८२ पुष २७ गते, आईतवार २२:१७

राप्रपाको प्रदर्शन र सभाको तयारी पूरा, चैत २६ मा काठमाडौंमा शान्तिपूर्ण दबाब

काठमाडौं-

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागलाई लिएर दबाब दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते मंगलबार काठमाडौंमा प्रदर्शन र सभा आयोजना गर्ने तयारी पूरा गरेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने जानकारी दिएका छन्।

सभाअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने र ती जुलुस सभास्थलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने राप्रपाले जनाएको छ। यसपटक प्रदर्शन र सभालाई पूर्ण रूपमा शान्तिपूर्ण बनाउने तयारीमा पार्टी जुटेको श्रेष्ठले बताए। यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा राप्रपाको समर्थन र सहभागितामा भएको सभा हिंसात्मक बनेको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने अर्बौंको भौतिक क्षति भएको अनुमान गरिएको छ।

तीनकुनेको घटनापछि बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको जिम्मेवारी सरकारमाथि थोपरेको थियो। तर, प्रहरीले हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहितका नेताहरूलाई पक्राउ गरेको छ। यस घटनाले राप्रपालाई थप दबाबमा राखेको छ भने आगामी सभालाई शान्तिपूर्ण र प्रभावकारी बनाउनुपर्ने चुनौती थपिएको छ।

चैत २६ को सभालाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले पनि समर्थन जनाएका छन्। राप्रपाले यो सभामार्फत आफ्नो मागलाई थप बलियो बनाउने र जनस्तरबाट समर्थन जुटाउने लक्ष्य राखेको छ। तीनकुनेको हिंसात्मक घटनापछि सरकार र राप्रपाबीचको तनाव बढिरहेका बेला यो सभाले राजनीतिक माहोललाई कसरी प्रभाव पार्छ भन्ने चासो सर्वत्र छ।

राप्रपाले सरकारलाई संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पुनर्स्थापनाको मागप्रति गम्भीर हुन चेतावनी दिँदै आएको छ। चैत २६ को प्रदर्शन र सभालाई शान्तिपूर्ण तर प्रभावशाली बनाएर आफ्नो एजेन्डालाई जनस्तरमा पुर्‍याउने राप्रपाको योजना छ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस