२०८३ आश्विन १७ गते, शनिबार २०:४६

 हङकङ टि२० सिरिज : कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

काठमाडौँ –

हङकङमा जारी चार देशीय टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १८६ रनको बलियो लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो।

कुवेतका ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३० बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, मिट भवसरले २८ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे। बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाएर टिमको स्कोर बलियो बनाए।

नेपालका लागि बलिङमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट हात पारे। नन्दन यादवले २ विकेट लिँदा ललित राजवंशी र कुशल भूर्तेलले समान १-१ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो।

अब नेपालले यो लक्ष्य पछ्याउन बलियो ब्याटिङ प्रदर्शन गर्नुपर्ने चुनौती छ। खेलको नतिजाले सिरिजमा नेपालको स्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस