२०८३ श्रावण २० गते, बुधबार २२:४७

बाराको सुखी टोल र करैयामाईमा चट्याङको विनाश, ठूलो आर्थिक क्षति

बारा-

बारा जिल्लाको बारागढी गाउँपालिका–४, सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा गएराति परेको चट्याङका कारण भीषण आगलागी हुँदा लाखौंको क्षति भएको छ। पोल्ट्री फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार चट्याङका कारण बिजुलीको तार सर्ट भएर आगलागी भएको हो। आगोले फर्मको संरचना, सामग्री र कुखुराहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार यो घटनाबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

यस्तै, बारा जिल्लाकै करैयामाई गाउँपालिका–८, नरहीदेखि ईटहर जाने सडकखण्डमा पर्ने अभिनाष कुशवाहाको मकै खेतमा आज बिहान ३ बजे चट्याङ खसेको छ। चट्याङका कारण खेत नजिकै रहेको कृषि मिटर, पानी तान्ने मोटर, टहरा र अन्य महत्त्वपूर्ण कृषि सामग्रीमा आगलागी भएको छ। आगोले यी सबै सामग्री पूर्ण रूपमा जलेर नष्ट गरेको स्थानीयले बताएका छन्।

लगातारको वर्षासँगै चट्याङ पर्ने क्रम बढेसँगै स्थानीय प्रशासनले बारा र आसपासका क्षेत्रका किसान तथा बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न स्थानीयहरूलाई अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस