२०८२ असार १७ गते, मंगलवार १६:४३

पर्सा –

पर्सागढी नगरपालिका वडा नं. ९ मा बस्ने सुरेश प्रसाद यादवको घरमा आगलागी हुँदा सम्पूर्ण घर जलेर नष्ट भएको छ । बुधबार राति भएको आगलागीले घरमा रहेका सबै सामग्रीसहित संरचना पूर्ण रूपमा क्षति भएको स्थानीयले बताएका छन् ।

आगलागीको खबर पाएलगत्तै स्थानीयले पर्सागढी नगरपालिकामा रहेको बरुण यन्त्रमा सम्पर्क गर्न खोज्दा फोन नउठेको गुनासो गरेका छन् । स्थानीयको आक्रोश छ कि नगरपालिकाको बरुण यन्त्रले समयमै सहयोग नगर्दा ठूलो क्षति बेहोर्नुपरेको छ ।

तर, छिमेकी सखुवा प्रसौनी गाउँपालिकाको बरुण यन्त्रलाई फोन गरेपछि भने उक्त टोली ७ मिनेटभित्रै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । स्थानीयले सखुवा प्रसौनीको तत्परताको प्रशंसा गर्दै आफ्नै नगरपालिकाको सेवा प्रभावकारी नभएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण अझै खुल्न बाँकी छ भने स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस