२०८३ आश्विन १७ गते, शनिबार २०:४५

पूर्वीगाजामा इजरायली आक्रमणमा २९ जनाको मृत्यु

काठमाडौं –

बुधवार गाजा शहरको पूर्वमा रहेको शुजैया छिमेकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा कम्तिमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य ५० भन्दा बढी घाइते भएका छन् । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका जीवित र शवहरूको खोजी गरिरहेको बताउनु भयो ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले आक्रमणले छेउछाउका आठ घरहरूलाई लक्षित गरेको थियो । धेरै क्षेप्यास्त्रहरूले सम्पूर्ण क्षेत्र ध्वस्त पारेको छ । इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन । गाजाका स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा अस्पतालहरूले ३६ जनाको शव र ४१ जना घाइते भएको रिपोर्ट गरेपछि हवाई आक्रमण भएको हो ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार मार्च १८ मा इजरायलले सैन्य कारबाही पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ४८२ पुगेको छ । जसमा ३ हजार ६८८ जना घाइते छन् । गाजा स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि कुल ५० हजार ८४६ प्यालेस्टिनीहरू मारिएका छन् । १ लाख १५ हजार ७२९ जना घाइते भएका छन् ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस