काठमाडौं –
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान र संयुक्त राज्य अमेरिकाबीच कुनै अप्रत्यक्ष वार्ता शुरु भएको खण्डमा ओमान उनीहरूलाई मध्यस्थता गर्ने मुख्य उम्मेदवारहरूमध्ये एक हुने बतउनुभएको छ । उहाँले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरान र संयुक्त राज्य अमेरिका बीच पूर्वको आणविक कार्यक्रम र प्रक्रियामा तेस्रो पक्षको भुमिकाको बारेमा अप्रत्यक्ष वार्ताको सम्भावनाको बारेमा टिप्पणी गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।
उहाँले इरानको आणविक कार्यक्रममा वार्ताको प्रश्ताव गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पठाएको पत्रमा तेहरानको प्रतिक्रियालाई उदार र जिम्मेवार र बुद्धिमानी निर्णयमा आधारित भनेर वर्णन गर्नुभएको बताउनु भयो । मुद्दाको इतिहास र विगत दशकमा इरान र अन्य पक्षहरू बीचको आणविक वार्तासँग सम्बन्धित प्रक्रियाहरूलाई ध्यानमा राखेर यो प्रतिक्रिया दिइएको उल्लेख गर्नुभयो । उहाँले इरानले आणविक बम बनाउन खोजेको भन्ने केही देशहरूको दाबीलाई अस्वीकार गर्नुभयो ।