२०८३ आश्विन १७ गते, शनिबार २०:४५

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री देउवा

काठमाडौं- 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु संकुचित हुँदै गएको बताउनुभएको छ  ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान संकुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उहाँको भनाई छ ।

उहाँले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पु¥याएको बताउनु भयो । सबै नेपाली आर्थिक विकास र प्रगतीको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताउनु भयो । अधिकतम विकास,विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको बताउनु भयो ।

उहाँले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध रहेको समेत बताउनु भयो । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उहाँले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गर्नुभयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस