२०८२ असार १७ गते, मंगलवार १६:५१

काठमाडौं-

संयुक्त राज्य अमेरिका र रुसबीच बिहीवार टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा कूटनीतिक नियोगहरू पुनस्र्थापित गर्ने सम्बन्धमा दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिमण्डलले रुसी पक्षसँग लगभग पाँच घण्टाको बैठकपछि दिउँसो इस्तानबुलस्थित रुसी वाणिज्य दुतावास छोडेको थियो ।

वार्तापछि कुनै प्रेस ब्रिफिङ भएन । तर नाम न छाप्न चाहने एक कुटनीतिक स्रोतकाअनुसार रुसी पक्षबाट एक विज्ञप्ति तयार पारिएको थियो । छलफलको प्राथमिकता एकअर्काको देशमा रहेका दुतावास र वाणिज्य दुतावासहरूको कामलाई असर गर्ने मुद्दाहरूलाई सम्बोधन गर्नु हो ।

अमेरिकी विदेश विभागले जोड दिएको छ कि वार्ताहरू कूटनीतिक सञ्चालनहरूमा मात्र सिमित छन् । युक्रेन एजेण्डामा वार्ता केन्द्रित नरहेको बताइएके छ । पहिलो चरणको वार्ता फेब्रुअरी २७ मा इस्तानबुलमा भएको थियो । हालैका वर्षहरूमा वाशिंगटन र मस्कोले एकअर्काको देशबाट धेरै कुटनीतिज्ञहरूलाई निष्कासन गरेका छन् ।

जसले गर्दा उनीहरूको कूटनीतिक नियोगहरूको प्रभावकारी रूपमा काम गर्ने क्षमतामा उल्लेखनीय रूपमा बाधा पुगेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस